खेलकुद

छैठो मेयर कप क्रिकेटको उपाधि निग्लीहवालाई : ५० हजार नगद सहित मेयर कप




कपिलवस्तु २५ बैशाख ।कपिलवस्तु नगरपालिकामा संपन्न छैठो मेयर कप क्रिकेटको उपाधि वडा नम्बर ९ ले जितेको छ । निकै रोमाञ्चक टि ट्वान्टी म्याचमा वडा नम्बर १ लाई १ बिकेटले हराउदै सो वडा नम्बर ९ ले उपाधिमाथी कब्जा जमाएको हो । उपाधिसंगै उसले ५० हजार नगद सहीत मेयर कप उचालेको छ । यस्तै उप बिजेता वडा नम्बर १ ले ३० हजार नगद र उप बिजेता कप प्राप्त गरेको छ । टस जितेर पहिलो ब्याटिङमा उत्रेको वडा नम्बर १ ले दिएको १ सय ११ रनको लक्ष्यलाई ९ विकेटको क्षतिमा वडा नम्बर ९ ले सो लक्ष्य पार गरेको हो । वडा नम्बर १ ले १९ दशमलव ३ बिकेटको क्षतिमा १ सय १० रनमा सबै बिकेट गुमायो । प्रतिउत्तरमा वडा नम्बर ९ ले ९ बिेकेटको क्षतिमा १ सय ११ रन बनायो ।

वडा नम्बर ९ का प्रभु थारुले ३ बिकेट लिदै २४ रन बटुले ।उनी म्यान अफ द म्याच घोषित भए । वडा नम्बर ९ का असफाक अहमदले ५ बिकेट लिए । वडा नम्बर १ का नितेश तिवारीले २३ रन बनाए । यस्ते वडा नम्बर १ का युसुफ खाले ३ बिकेट लिए । १ सय ११ रन तथा २ बिकेट लिएका वडा नम्बर ४ का बिजय थापा मैन अफ द सिरिज तथा बेस्ट ब्याट्समैन घोषित भए । १० बिकेट लिएका बिशाल चौधरी बेस्ट बलर बने । लुम्बिनी प्रदेशसका सदस्य सुधाकर पाण्डेयले बिजेता टोली र खेलाडीहरुलाई कप प्रमाण पत्र प्रदान गरे । सो अवसरमा उनले खेल र खेलाडीको विकासकालागि तिनै वटा सरकारले लगानी बढाउदै जानु पर्ने बताए । सो अवसरमा मेयर सुदीप पौडेलले नेपालमा क्रिकेटको क्रेज बढी रहेको बेला आफनो पालिकाले समते खेल र खेलाडीको विकासकालागि ठोस पहल गर्ने बताए ।

कपिलवस्तु क्रिकेट संघका जिल्ला अध्यक्ष तथा वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरले कपिलवस्तुमा क्रिकेट खेल पहिला देखि नै जिल्लामा लोकप्रिय रहेको बताए । उनले क्रिकेटलाई २३ वटै सरकारले प्राथमिकतामा राख्नु पर्ने बताए । मेयर पौडेलको अध्यक्षता, युवराज भुसालको संचालन तथा उप सचिव हरि प्रसाद ज्ञवालीको स्वागत मन्तब्यमा भएको कार्यक्रममा नगरपालिका १२ वटाका वाडध्यक्ष लगायतको सहभागीता थियो । तौलिहवाको बुद्धपदम उमाबिको खेल मैदानमा बैशाख २० देखि २५ गते सम्म चलेको थियो । खेलका १२ वडाका खेलाडी सहभागी थिए ।

प्रकाशित : २५ बैशाख २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६