खेलकुद

ब्याडमिन्टन प्रतियोगीतामा सहभागी हुन पोखरा जाने खेलाडीलाई बिदाई




कपिलवस्तु २७ बैशाख ।पोखरामा बैशाख २७ देखि २९ सम्म हुने दोश्रो मोहन मेमोरियल अल नेपाल ईन्टर स्कुल ब्याडमिन्ट प्रतियोगीतामा सहभागी हुन जान लागेका कपिलवस्तुका खेलाडीलाई तौलिहवा स्थि कभर्ड हलमा बिदाई गरिएको छ । जिल्ला खेलकुद विकास समितिले सेकेन्डरी र लोवर सेकेन्डरी लेबलका खेलाडीलाई बिदाई गरेको हो । प्रतियोगीतामा १३ खेलाडीले भाग लिएको ब्याडमिन्टन संघका त्रिबिक्रम जोशीले बताए ।
खेलाडीहरुलाई प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेत, सशस्त्र प्रहरी उपरिक्षक जीवन केसी, जिल्ला खेलकुद विकास समितिका जिल्ला अध्यक्ष राजेश उपाध्यायले खादा लागएर बिदाई गरेका थिए । सो अवसरमा प्रहरी उपरिक्षक बस्नेतले खेलाडीहरुलाई उच्च मनोबलकासाथ जिल्लाको नाम उचो पार्ने किसिमले खेल्न आग्रह गरे । यस्तै समितिका जिल्ला अध्यक्ष उपाध्ययाले खेलाडीहरुलाई शुभकामना दिदै राम्रूो प्रर्दशन गर्न अपील गरे । टिक कोच म्यानेजर गरी कुल १६ जना पोखरा तर्फ प्रस्तान गरेका छन । सहभागी मध्ये ४ जनाले मेडल ल्याउने अपेक्षा गरिएको छ ।

प्रकाशित : २७ बैशाख २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६