राजनीति

संसदमा नीति तथा कार्यक्रममाथि आज पनि छलफल



काठमाडौं, जेठ ८ । प्रतिनिधि सभाको बैठक सोमबार पनि बस्दैछ । बिहान ११ बजे बोलाइएको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्ना धारणा राख्ने कार्यसूची रहेको छ। नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल सुरू भएको हो। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथिको छलफलको प्रस्ताव प्रस्तुत गरेलगत्तै प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले धारणा राखेका थिए। उनले सरकारको नीति कार्यक्रम गतिहीन दस्तावेजको संज्ञा दिँदै पुनःलेखन गर्न सुझाव दिएका थिए। यसैबीच राष्ट्रिय सभाको बैठक पनि सोमबार दिउँसो १ बजे बोलाइएको छ। राष्ट्रिय सभा बैठकमा पनि सरकारको नीति कार्यक्रममाथि नै छलफल हुनेछ।

प्रकाशित : ८ जेष्ठ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६