देश

पासाङदावा शेर्पा २७ औँ पटक सगरमाथाको चुचुरोमा, कामीरिताको कीर्तिमान बराबरी



जेठ ८, काठमाण्डौ – पासाङदावा पादवा शेर्पाले २७ औँ पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नुभएको छ ।आज सोमवार शेर्पाले २७ औँ पटक सगरमाथाको आरोहण गर्नुभएको सर्भेयर खिमलाल गौतमले जानकारी दिनुभएको छ । उहाँ सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का बासिन्दा हुनुहुन्छ ।

योसँगै पासाङदावा शेर्पा र कामीरिता शेर्पाको सगरमाथा आरोहण बराबरी भएको छ । कामीरिता पनि २७ औँ पटक सगरमाथा पुगिसक्नुभएको छ । पासाङदावा शेर्पाले यही सिजनमा दोस्रो पटक सगरमाथा आरोहण गर्नुभएको हो ।अब कामीरिताले २८ औँ पटकको आरोहणका लागि तयारी थाल्नुभएको र मौसमले साथ दिएमा भोलि मङ्गलवार नै आरोहण थाल्ने गौतमले बताउनुभएको छ ।

प्रकाशित : ८ जेष्ठ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६