खेलकुद

क्रिकेट विश्वकप छनोटमा नेपालको पहिलो खेल जिम्बावेसँग



९ जेठ, काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपालले आफ्नो पहिलो खेल जिम्बावेसँग खेल्ने भएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आज सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिता ३ असारदेखि सुरु हुनेछ । प्रतियोगिताको उद्घाटन खेल नेपालले घरेलु टोली जिम्बावेसँग हरारे स्पोर्टस क्लबमा खेल्नेछ ।५ असारमा अमेरिका, ७ असारमा वेष्ट इण्डिज, ९ असारमा नेदरल्याण्ड्ससँग समूह चरणको खेल खेल्नेछ । समूहको शीर्ष तीनमा रहन सके नेपाल सुपर सिक्समा पुग्नेछ ।

सुपर सिक्स चरण राउण्ड रोविन प्रणालीमा खेलाइनेछ । त्यसबाट शीर्ष दुई स्थानमा रहने टिमले प्रतियोगिताको फाइनल खेल्नेछन् भने दुवै टिम भारतमा हुने विश्वकपका लागि छानिनेछन् । नेपाल टिमले विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिकामा १० दिने प्रशिक्षण क्याम्प सञ्चालन गर्नेछ ।

नेपाल टिम जेठ १७ गते दक्षिण अफ्रिका प्रस्थान गर्नेछ भने २७ जेठमा उतैबाट जिम्बावे जानेछ ।प्रतियोगिताअघि नेपालले कम्तिमा दुई अभ्यास खेलसमेत खेल्नेछ । नेपालले ३० जेठमा यूएई र ३२ जेठमा ओमानसँग अभ्यास खेल खेल्ने तालिका तय भएको छ ।

प्रकाशित : ९ जेष्ठ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६