खेलकुद

विश्वकप छनोटमा नेपाल स् समूह चरणमा टेष्ट राष्ट्रसँग खेल्ने



१० जेठ, काठमाडौं । आगामी जुन(जुलाईमा जिम्बावेमा हुने आईसीसी क्रिकेट विश्वकप छनोटअघि नेपालले दुई वार्मअप म्याच खेल्नेछ ।विश्वकप छनोटमा १० टोलीले प्रतिस्पर्धा गर्दैछन् । जहाँ छनोट प्रतियोगिताअघि हरेक टोलीले दुई / दुई वार्मअप म्याच खेल्ने अवसर पाउनेछ ।

आईसीसीले मंगलबार विश्वकप छनोटको समूह विभाजन र खेलतालिकासहित वार्मअप म्याचको पनि खेलतालिका सार्वजनिक गरेको छ । जसअनुसार नेपालले छनोटमा अर्को समूहमा रहेको यूएई र ओमानसँग वार्मअप म्याच खेल्नेछ ।विश्वकप छनोट खेल्ने सबै एशोसिएट टिमले मुख्य प्रतियोगितामा टेष्ट राष्ट्रसँग दुई(दुई खेल खेल्न पाउनेछ । तर वार्मअप म्याचमा भने एशोसिएटमा नेपालले मात्र एशोसिएट टिमसँग मात्र खेल्ने तालिका छ ।

अन्य एशोसिएट टिमले टेष्ट राष्ट्रसँग वार्म अफ म्याच खेल्ने तालिका हुँदा नेपालले भने टेष्ट राष्ट्रसँग वार्म अफ म्याच खेल्न नपाउने भएको छ ।मुख्य प्रतियोगितामा टेष्ट राष्ट्रसँग खेल्नुअघि वार्मअप म्याचमा पनि टेष्ट राष्ट्रसँग खेल्दा खेलाडीले एक्सपोजर पाउने र स्तर थाहा पाउने अवसर हुनेछ । तर यस पटक नेपालले भने त्यो अवसर नपाउने भएको छ ।

नेपाल र यूएईबीच जुन १३ मा ओल्ड हरारियन्स क्रिकेट क्लबमा खेल हुनेछ । यस्तै नेपालले ओमानसँग जुन १५ मा हरारे स्पोर्ट्स क्लबमा खेल्नेछ ।नेपालले एसियाली लेभलमा खेलिसकेको र लिग टु मा पनि खेलिसकेको दुई टोलीसँग मात्र वार्मअप म्याच खेल्ने भएको छ ।

नेपालले गत वैशाखमा घरेलु मैदानमा भएको एसीसी प्रिमियर कपमा ओमान र यूएई दुवैलाई हराएको थियो । नेपालले फाइनलमा यूएईलाई हराएर प्रिमियर कप च्याम्पियन बन्दै एसिया कपमा स्थान बनाएको थियो ।नेपाली टोली एक साता नेपालमा तयारीपछि अन्तिम चरणको प्रशिक्षण र तयारीका लागि दक्षिण अफ्रिका जानेछ । जहाँ नेपालले स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग अभ्यास खेल खेल्ने क्यानले जनाएको छ । नेपाली टोली त्यतैबाट जुन १० मा जिम्बावे जानेछ ।

प्रकाशित : १० जेष्ठ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६