खेलकुद

एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल तेस्रो



जेठ १४,काठमाण्डौ –

एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल तेस्रो भएको छ । आज आइतवार त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्ड हलमा तेस्रो स्थानका लागि भएको खेलमा नेपालले उज्बेकिस्तानलाई ३–१ को सेटमा हरायो ।

पहिलो सेट गुमाएको नेपालले त्यसपछिको तीन सेट जितेको हो । पहिलो सेट २०–२५ ले गुमाएको नेपालले दोस्रो सेट २५–१६, तेस्रो सेट २५–१५ र चौथो सेट २५–१३ ले जित्यो । यो हारसँगै उज्बेकिस्तान प्रतियोगितामा चौथो भएको छ । गएको शुक्रवार भएको दोस्रो सेमिफाइनलमा काजकिस्तानसँग हारेसँगै यसअघिको दुवै संस्करणको विजेता नेपाल फाइनल पुग्न असफल भएको थियो । शुक्रवार नै भएको पहिलो सेमिफाइनलमा उज्बेकिस्तानलाई हराउँदै भारत फाइनलमा पुगेको थियो ।

आजै प्रतियोगिताको उपाधिका लागि भारत र काजकिस्तानबीच खेल हुँदैछ । खेल त्रिपुरेश्वरको कभर्ड हलमा दिउँसो ४ बजेपछि सुरु हुनेछ । राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएको प्रतियोगितामा आठ वटा टोलीको सहभागिता रहेको छ ।

प्रकाशित : १४ जेष्ठ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६