प्रदेश

कपिलवस्तुको बाणगंगामा २ जनाको हत्या



कपिलवस्तु, १८ जेठ । प्रेमिकासंग खटपट परेका पछि कपिलवस्तुको बाणगंगा नगरपालिका – ६ मटेरियामा आक्रोसित एक युवाले आफनै प्रेमिका र काकाको चक्कु प्रहार गरी हत्या गरेका छन्। बिहीवार बिहान सवा नौ बजेतिर रुपन्देहीको कंचन गाउपालिका  २ का २२ बर्षिय मोहन थारुले प्रेमिका २२ बर्षिया अन्जीन थारु र उनका काका ७० बर्षिय बम बहादुर थारुको चक्कु प्रहार गरी हत्या गरेका हुन्।

चक्कु प्रहार पछि दुबै जना गंभीर घाईते भएका थिए। बम बहादुरको ४ नम्बरमा उपचारकोक्रममा र अन्जनीको मेडिकल कजेल भैरहवामा मृत्यु भएको प्रहरी नायब उपरिक्षक मिन बहादुर घलेले बताए। चक्कु प्रहार गर्ने मोहन थारु प्रहरी नियन्त्रणमा छन्। मोहन र अन्जनी बिच प्रेम सम्बन्ध थियो। दुबै बिच केही बिषयमा बिवाद बढे पछि अन्जीनीले मोहनलाइ बेवास्ता गर्दैै आएकी थिईन्। सोही बिषयमा बदला लिन मोहन बिहान आफ्नो घरबाट मटेरिया पुगका थिए। घटनाको अनुसंधान र सोधपुछ भईरहेको प्रहरी नायब उपरिक्षक घलले बताए । 

प्रकाशित : १८ जेष्ठ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६