प्रदेश

घोराहीमा इलेक्ट्रोनिक पसलको गोदाममा आगलागी



दाङ, १८ जेठ। दाङ घोराहीको एक इलेक्ट्रोनिक पसलको गोदाममा आगलागी भएको छ । बिहीबार मध्याह्न १२ बजे घोराही१५ स्थित बन्जाडे इलेक्ट्रोनिक्सको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ।


आगलागी भएको एक घण्टाभित्रै स्थानीय, सेना प्रहरी र घोराही उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रण लिएको हो।


आगलागीबाट इलेक्ट्रोनिक्स सामग्रीहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिए।


गोदामको विद्युत् सट हुँदा आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित : १८ जेष्ठ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६