देश

नयाँ बसपार्कबाट मात्र गाडी सञ्चालन गर्न र बसपार्क बाहिरका टिकट काउन्टर हटाउन काठमाण्डौ महानगरको निर्देशन



जेठ १९,काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले नयाँ बसपार्क बाहिरका सबै टिकट काउन्टर हटाउन र नयाँ बसपार्कबाट मात्र यात्रुवाहक गाडी चलाउन निर्देशन दिएको छ । महानगरले आज सार्वजनिक सूचना निकालेर आउँदो असार १ गतेदेखि नयाँ बसपार्कबाहिरका सबै टिकट काउन्टर हटाउन र नयाँ बसपार्कबाट मात्र यात्रुवाहक गाडी सञ्चालन गर्न भनेको हो । महानगर क्षेत्रबाट काठमाण्डौ उपत्यका बाहिर चल्ने लामो, मध्यम तथा छोटो दूरीका सार्वजनिक गाडी नयाँ बसपार्कबाट मात्र छुट्ने गरी यसअघि भएको सहमतिको पालना गर्न महानगरपालिकाले जोड दिएको छ।यस्तै, अनधिकृत ठाउँमा पार्किङ गर्ने, टिकट बुकिङका लागि काउन्टर राख्ने, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने काम नरोकिएको भन्दै महानगरले यस अघिको सहमति पालना गर्न पनि भनेको छ । त्यसैगरी, महानगरले धुलीखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दूरीका गाडीलाई कलङ्कीदेखि जडीबुटीसम्म रोक्न निषेध गरेको छ ।

सहमति र सार्वजनिक सूचनाको बेवास्ता गरे आउँदो असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी कानुनी कारबाही गरिने महानगरपालिकाले चेतावनी दिएको छ ।

प्रकाशित : १९ जेष्ठ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६