देश

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३ पूर्वपदाधिकारी भ्रष्टाचारी ठहर



१९ जेठ, काठमाडौं । स्वास्थ्य उपकरण खरिदमा भएको अनियमिततामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तीन उच्चपदस्थ पूर्व पदाधिकारी दोषी ठहर भएका छन् । विशेष अदालतले पूर्वउपकुलपति बलभद्रप्रसाद दास, पूर्वरजिष्ट्रार नन्दकुमार थापा र पूर्वनिर्देशक अरविन्दकुमार सिन्हालाई भ्रष्टाचारमा दोषी ठहर गर्दै एकरएक वर्ष कैद र २५ हजार रुपैयाँका दरले जरिवाना तिराउने निर्णय भएको विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले जानकारी दिए ।

विशेष अदालतका सदस्यहरु बलभन्द्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले विहीबार स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार भएको ठहर गरेको हो । ३० असार २०७६ मा अख्तियारले तत्कालीन उपकुलपति बीपी दास सहित ८ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको थियो ।

तीन जना बाहेक रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, लेखा प्रमुख दिनेशराज दाहाल, डेपुटी म्यानेजर अमिल श्रीवास्तव, उपकरण सप्लायरहरु चेतन अग्रवाल र उमेश अग्रवालले भने आरोपबाट सफाइ पाएका छन् । कम रकम कबोल गर्ने बोलपत्रको आधार र तथ्य विश्लेषण नगरी बढी कबोल्ने पक्षलाई ठेक्का दिएर राज्यकोषमा नोक्सानी पु¥याएको आरोप अख्तियारले लगाएको थियो ।

प्रकाशित : १९ जेष्ठ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६