देश

नागरिकता विधेयकः एमालेले ल्याएको अध्यादेशसँग हुबहु भए पनि विवादित बनाइयो




काठमाण्डौं, २२ जेठ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकताको विषयलाई अनावश्यक ढंगले विवादित नबनाउन आग्रह गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले एमाले नेतृत्वको सरकारले तत्कालीन अवस्थामा ल्याएको नागरिकतासम्बन्धी अध्यादेश र अहिले प्रमाणीकरण भएको विधेयक हुबहु उस्तै भए पनि विवादित बनाइएको बताए।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले ल्याएको नागरिकतासम्बन्धी अध्यादेशको विषय उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यो अध्यादेश जारी गर्दा अहिलेका प्रतिपक्ष दलका नेता नै प्रधानमन्त्री हुनुहुन्थ्यो। हामी माओवादी केन्द्र पनि सरकारमा थियौँ। त्यहाँ के भनिएको थियो भने संवत् २०७२ साल असोज ३ गतेभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर १६ वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछन्।’

तत्कालीन राष्ट्रपतिले प्रमाणीकरणसमेत गरिसकेको अध्यादेश र वर्तमान सरकारले ल्याएको विधेयकमा हुबहु उस्तै भए पनि विवाद झिकिएको उनको भनाइ छ। ‘यो परिस्थितिमा नागरिकताको विषयलाई अनावश्यक ढंगले विवादित बनाइयो। जनताले पनि के गरी बुझ्ने ? हामीले पनि के गरी बुझ्ने ? उनले भने, ‘जन्मसिद्ध नागरिकता पाएका आमाबाबुका छोराछोरीले नागरिकता पाउनुपर्छ भन्ने कुरा र आमाबाबुको कुरामा त हामी एकै ठाउँमा थियौँ। अहिले त्यही कुरा आउँदा हामी किन दुई ठाउँमा हुन बल गरेका छौँ ?’

प्रकाशित : २२ जेष्ठ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६