समाचार

भारतको मणिपुरमा फेरि हिंसा भड्कियो, ३ जनाको ज्यान गयो



जेठ २३,- भारतको मणिपुर राज्यको पश्चिमी इम्फाल जिल्लाको कांगचुप क्षेत्रमा सोमवार फेरि हिंसा भड्किएको छ । दुई वटा सशस्त्र समूहको बीचमा भएको गोलीबारीमा तीन जनाको ज्यान गएको र अन्य चार जना घाइते भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार इम्फालको अस्पतालमा उपचार भइरहेको छ ।मणिपुरमा भएको हिंसाको छानबिनका लागि केन्द्र सरकराले गुवाहाटी उच्च अदालतका पूर्वमुख्यन्यायाधीश अजय लाम्बाको अध्यक्षतामा आइतवार एक आयोग गठन गरेको छ । मणिपुरमा मेइती समुदायले अनुसूचित जनजातिको दर्जा दिनुपर्ने माग गर्दै आन्दोलन सुरु गरेका थिए । मेइतीको मागमा त्यहाँका जनजातिहरू नागा र कुकीले विरोध गरेपछि जातीय द्वन्द्व चर्किएको हो ।

मणिपुरमा मेइतीको जनसङ्ख्या ५४ प्रतिशत छ । उनीहरू धेरैजसो इम्फाल उपत्यकामा बस्छन् । ४० प्रतिशत जनसङ्ख्या ओगट्ने नागा र कुकी प्राय पहाडी जिल्लाहरूमा बस्छन् । दुई समुदायका बीचमा सरकारले वैमनस्ता बढाइदिएको उनीहरूको आरोप छ । झडपबाट कुकी समुदायलाई बढी क्षति पुगेको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गएको मे ३ मा जातीय हिंसा सुरु भएयता मणिपुरमा झडपको घटना भइरहेको छ । झडपमा ज्यान गुमाउनेको सङ्ख्या ८० भन्दा धेरै रहेको अधिकारीहरूले बताएका छन् ।

प्रकाशित : २३ जेष्ठ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६