अर्थ-वाणिज्य

करका दर हेरफेरबारे सरकारले जवाफ दिनुपर्ने विपक्षीको अडान



काठमाडौँ, २३ जेठ । विपक्षी दलहरूले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नता र करका दर हेरफेर भएकोबारे सरकारको धारणा आउनुपर्ने बताएपछि प्रतिनिधि सभाको बैठक बस्न ढिलाइ भएको छ । सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरुबीचको अनौपचारिक बैठकमा एमाले, राप्रपा र रास्वपाले करका दर हेरफेर भएकोबारे सरकारले जवाफ दिनुपर्ने अडान राखेपछि बैठक सुरु हुन ढिलाइ भएको हो ।

‘बजेट निर्माणका क्रममा करका दर हेरफेर भएको र अनधिकृत व्यक्तिको संलग्नता भएको कुरा सञ्चारमाध्यममा आएका छन्’, एमाले प्रमुख सचेतक पदम गिरीले भने, ‘त्यसबारे छानबिन समिति बनाउनुपर्ने वा सरकारले जवाफ दिनुपर्ने भन्ने आवाज उठेको छ त्यसैकारण बैठक बस्न ढिलाइ भएको हो ।’

उनले सभामुखसँगको छलफलमा साझा सहमति जुटाउने प्रयास भइरहेको पनि बताए । उनले भने, ‘सहमतिको प्रयास भइरहेको छ । सहमति भएन भने सम्भवतः आज पनि बैठक अवरुद्ध हुनसक्छ ।’

यही विवादका कारण ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सवा १२ बज्दा पनि सुरु भएको छैन । आजको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले बजेटका विषयमा बोल्ने कार्यसूची समेत छ ।

प्रकाशित : २३ जेष्ठ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६