देश

अर्थमन्त्रीजीलाई शङ्काको सुविधा दिऔंः ओली 




काठमाण्डौं, २३ जेठ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको भन्ने सन्दर्भमा अर्थमन्त्रीलाई शङ्काको सुविधा दिनुपर्ने बताएका छन्। 

प्रतिनिधि सभाका सदस्यहरूले आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माण गर्ने क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको  हो भन्ने प्रश्न उठाएका थिए। अर्थमन्त्री प्रकाशशरण महतले पूर्व नासु रामकृष्ण श्रेष्ठको दक्षता मात्रै प्रयोग गरिएको बताएपछि ओलीले शङ्काको सुविधा दिनुपर्ने बताएका हुन्। 

“अर्थमन्त्रीजीलाई बेनिफिट अफ डाउट दिएर अरू कुरा सतर्कताका साथ हेरिराख्छौं, करका दरमा व्यापारीका अनुहार खोज्छौं,” पूर्व प्रधानमन्त्री ओलीले बैठकमा भने।

प्रकाशित : २३ जेष्ठ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६