देश

तीनजनाको डुबेर मृत्यु



कपिलवस्तु, २७ जेठ । दाङ र जाजरकोटमा पौडी खेल्ने क्रममा डुबेर तीन बालकको डुबेर मृत्यु भएको छ। दाङको लमही नगरपालिका–४ बड्का घुम्नाका १३ वर्षीय राहुल चौधरीको पनि डुबेर मृत्यु भएको छ। अत्यधिक गर्मी भएपछि घर नजिकैको पोखरीमा पौडी खेल्न गएका घुम्नाका १३ वर्षीय राहुल चौधरीको मृत्यु भएको हो।

साँझ घर नफर्किएपछि खोजी गर्दा पोखरीको दलदलमा उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रेमबहादुर शाहीले बताए। पौडी खेल्ने क्रममा दलदलमा फसी उनी बाहिर निसकेको डीएसपी शाहीले जानकारी दिए।

यस्तै जाजरकोटको भेरी नगरपालिका–१३ का ८ वर्षीय पाण्डप बस्नेत र ९ वर्षीय प्रमोद बस्नेतको मृत्यु भएको हो। उनीहरू शुक्रबार खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा डुबेका हुन्। खाजा खाएर दिउँसो ३ बजे परिवारका सदस्यलाई समेत जानकारी नदिई पौडी खेल्न गएका थिए।

बेलुकी पोखरीमा बेहोश अवस्थामा भेटिएका दुबै जनालाई तत्काल नजिकैको अस्पताल लगिएको थियो। तर अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसी सन्तोष निरौलाले जानकारी दिए।

प्रकाशित : २७ जेष्ठ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६