सरिता थारु
कपिलबस्तु २७ जेठ । सामुदायिक रेडियो बुद्धआवाज र सामुदायिक टेलिभिजन बुद्ध आवाज जिल्लाको मात्रै नभई देशकै एक उत्कृष्ट संचार गृहको रुपमा स्थापित हुदै गएको राष्ट्यि सभा सदस्य एवं संस्थाका सल्लाहकार विमला घिमिरेले बताउनुभएको छ । उहाले बुद्धआवाजले सिंगो प्रदेशको इज्जत थामेको वताउदै जनतासंग प्रत्यक्ष जोडिएका विषयबस्तुलाई उठान गर्दै जिल्लाकै सर्वाङगिर्ण विकासमा महत्पुर्ण भुमिका खेलेको बताउनुभयो । कपिलबस्तु संचार सहकारीद्धारा संचालित सामुदायिक टेलिभिजन बुद्धआवाजको १०औं र सामुदायिक रेडियो बुद्ध आवाज ८९.६ मेगाहर्जको १५औं बार्षिक उत्सवको अवसरमा आयोजित एक भव्य कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै उहाले यस्तो बताउनुभएको हो ।
साथै उहाले यस संचारगृहले महिला शसक्तिकरणतर्फ पनि उल्लेख्य टेवा पुर्याएको औल्याउदैसंचार गृहबाट उत्पादित जनशक्तिले अन्य विभिन्न सरकारी तथा गैरसरकारी संघसस्थामा राम्रो पदमा काम गर्न सफल भएको औल्याउनुभयो । साथै उहाले कार्यक्रममा बोल्दै सरकारको चौथो अङ्गको रुपमा रहेका मिडीया अनुशासित भई राज्य विरुद्ध उठेका सवालहरुको विरुद्धमा बोल्नुपर्नेमा जोड दिनुभयो । केहि दिन पहिले सर्वाजनिक भएको आगामी आर्थिक बजेटको बजेट भाषणमा कपिलबस्तुलाई समेट्न नसकेको उल्लेख गर्दै कपिलबस्तु जिल्लाको विकासका निम्ती सबै राजनितीक दलहरु एक ठाउमा आउनुपर्नेमा जोड दिनुभयो
यस्तै लुम्बिनी प्रदेशका सांसद एवं पुर्व स्वास्थ्य मन्त्री विष्णु पन्थीले बुद्धआवाज भाडाको घरबाट संचालन भएको स्मरण गर्दै अहिले आफ्नै सुविधासम्पन्न भवनबाटसंचालित हुनु संचार गृहको ठुलो उपलब्धी भएको बताउनुभयो । साथै उहाले फरक प्रसंगमा बोल्दै प्रदेशसरकारले अहिले कपिलबस्तु जिल्लाको पुर्वी क्षेत्र तर्फ सिंचाईका लागि बाणगंगा बहुउद्धेश्यीय जलासय निमार्णको लागि योजना अगाडी बढाएको बताउनुभयो । यसका लागि यो बर्ष डिपिआर र सम्भाव्यता अध्ययनको काम हुने र आगामी दिनमा योजना अगाडी बढ्नो औल्याउनुभयो । यस्तै लुम्बिनी आएका बैदेशिक पर्यटकहरुको बसाईलाई कपिलबस्तुमा लम्व्याउनका लागि बुद्धगा्रम निमार्ण गर्ने जसले स्थानीयलाई आर्थिक रुपमा टेवा पुग्ने तर्फ पनि प्रदेश सरकार अगाडी बढेको जिकिर गर्नुभयो ।
यस्तै जिल्ला समन्वयसमिती कपिलबस्तुका संयोजक बाबुराम आचार्यले उहाले कपिलबस्तु जिल्लामा बुद्धसंग जोडिएका बुद्धस्थलहरु लगाएत अन्य धार्मिक तथा सांस्कृतीक स्थलहरु रहेका कारण एक खुला संग्राहलयको रुपमा रहेको बताउदै यस्ता स्थलहरुको प्रचार प्रसार गर्नुपर्ने तर्फ जोड दिनुभयो ।यता सामुदायिक रेडियो बुद्ध आवाज र टेलिभिजन बुद्धआवाज स्थानीय समुदायको सच्चा सहयात्री बन्न सकेको संस्थाका अध्यक्ष मित्रलाल शर्माले बताउनु भयो । उहाँले यस संचार गृह जिल्लाको मात्रै नभएर प्रदेशकै एक नम्बर संचार गृहको रुपमा स्थापित गराउने प्रतिबद्धता जनाउनुभयो । बार्षिक उत्सवको अवसरमा सम्पूर्ण दर्शक, शुभचिन्तक , बिज्ञापनदाता सबैलाइ शुभकामना सहित हार्दिक आभार व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा संस्थाका सल्लाहकार एवं नेकपा एमालेका जिल्ला अध्यक्ष डम्मर शर्माले आर्थिक संकटको अवस्थामा संचार गृहलाई सहिढंगले संचालन गर्न चुनौती रहे भएपनि बुद्धआवाज एक उत्कृष्ट संचार गृहको रुपमा स्थापित हुन सफल भएको औल्याउनुभयो । साथै उहाले कपिलबस्तु जिल्ला बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतीक जिल्ला रहेको भन्दै ती सबैका आवाजलाई मिडिया सम्म ल्याउनुपर्नेमा जोड दिनुभयो । यस्तै संस्थाका पुर्व अध्यष पोमनारायण पौडेलले कपिलबस्तु जिल्ला पर्यटनको दृष्टिकोणले धेरै सम्भाना बोकेको जिल्ला रहेकोले अब यसतर्फ बहस र पैरवी जस्ता समाचार तथा कार्यक्रम उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । यसैगरि पत्रकारमहासंघका जिल्ला अध्यक्ष किरणमान बज्रचार्यले बुद्धआवाज रेडियो टेलिभिजन जिल्लाकै एक शसक्त मिडियाको रुपमा रहेको उल्लेख गर्नुभयो । संस्थाका उपाध्यक्ष राजेश ज्ञवालीको स्वागत मन्तव्य, सचिव सर्वेन्द्रदेव खनालको संचालनमा सम्पन्न भएको कार्यक्रममा संस्थाका स्टेशनम्यानेजर भेषराज पाण्डेले संस्थागत प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।
यसैविच बार्षिक उत्सवको पुर्व सन्ध्यामा हिजो जिल्ला स्तरिय खुल्ला कविता वाचन प्रतियोगिता विजयी प्रतियोगिहरुलाई आज कार्यक्रमका विच पुरस्कार समेत वितरण गरिएको थियो । कार्यक्रममा बालज्योती इंग्लिस बोर्डिङ स्कुलका विद्यार्थीले विभिन्न सांस्कृतीक गित संगितमा नृत्य समेत प्रस्तुत गरेका थिए भने । कार्यक्रमको सामुदायिक टेलिभिजन बुद्धआवाज र रेडियो बुद्धआवाजले प्रत्यक्ष प्रसारण समेत गरेका थिए । कपिलबस्तु संचार सहकारीद्धारा संचालित सामुदायिक रेडियो बुद्ध आवाज ८९.६ मेगाहर्ज आज देखि १५औं बर्षमा र सामुदायिक टेलिभिजन बुद्धआवाज १०औं बर्षमा प्रवेश गरेको अवसरमा एक भव्य कार्यक्रम गरि मनाइएको हो । भगवान गौतम बुद्धको जन्म स्थल तथा कृडा स्थल कपिलबस्तुबाट विश्व शान्ति र समृद्धिको सन्देश प्रवाह गर्ने उद्धेश्यले यस संचार गृहको स्थापना भएको हो ।
प्रतिक्रिया