प्रदेश

अनियमितता विरुद्ध गुल्मीमा वाइसीएल आक्रमक ढङ्गले लाग्ने



गुल्मी, २८ जेठ । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) गुल्मी समाजमा हुँदै आएका अनियमित्ता भ्रष्टाचार र बिकास निर्माणमा हुने भएको ढिलासुस्ती विरुद्ध आक्रमक ढङ्गले लाग्ने जनाइएको छ ।

शनिबार तीन वटा गाउँपालिकामा भएको वाइसीएलको भेलाले अनियमित्ता भ्रष्टाचार विरुद्ध तीन ग्रुप बनाएको तीन ग्रुप बनाएको जानकारी प्राप्त भएको छ । अनियमितता बिषयमा प्रत्येक पालिकामा पहिलो रेकि ग्रुप , दोश्रो रिसर्च र तेश्रो एक्सन ग्रुप बनाएको जानकारी प्राप्त भएको हो । यसरी वाइसीएल सरकारी कार्यालय र विकास निर्माणको क्षेत्रमा निगरानी बढाउने , छानबिन र कार्वाही टोलि बनाउने निर्णय गरे पनि कुनै प्रकारको भौतिक आक्रमण वा दुर्व्यहार कसैलाई नगर्ने बताइन्छ । वाइसीएल गुल्मीका अध्यक्ष अशोक श्रेष्ठ भन्छ्न् ‘कार्वाहीका लागि सम्बन्धीत निकायको ध्यानाकर्षण गराउने यदि ढाकछोप गर्न खोजिए जनस्तरबाट दबाव दिइनेछ ।’

सत्यवती गाउँपालिकामा भएको वाइसीएलको भेलाले गाउँकमिटी अध्यक्षमा टिकाराम गैरे , सचिव महेन्द्र राहदी सहित १३ सदस्यीय कमिटी गठन गरेको छ । छत्रकोटमा भएको भेलाले अध्यक्षमा केशर कडेल र सचिवमा मनिष कडेँल सहित ४२ सदस्यीय गाउँकमिटी गठन गरेको छ । गुल्मीदरवारमा प्रकाश स्वर्णकार अध्यक्ष र सचिव चेतमान खडका सहित १३ सदस्यीय गाउँकमिटी गठन गरेको छ । तीन वटै भेलालाई माओवादी केन्द्रका जिल्ला समन्वय सचिव अशोक थापा मुक्तिले प्रमुख अतिथिको आशन बाट सम्बोधन गरेका थिए ।

उनले अनियमितता भ्रष्टाचार विरुद्धको लडाइँलाई दोश्रो जनयुद्धका रुपमा बुझेर त्यही स्तरमै खट्न वाइसीएललाई निर्देशन दिएका थिए ।उनले देश डुब्नुको कारण नै राजनीतिमा भ्रष्टिकरण भएको , एक अर्कोमा ढाकछोपको संस्कृती मौलाएकोले वाइसीएलले आम जनसमुुदायको साथ लिएर यस्तो प्रवृत्ति र संस्कृती जरैदेखि उखाल्ने अभियान सुरु गरिएको बताए ।

प्रकाशित : २८ जेष्ठ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६