देश

साउन १ देखि निर्वाचन आयोगले विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गर्ने



काठमाडौं, २९ जेठ । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुको पनि मतदाता नामावली संकलन गर्ने भएको छ ।
राष्ट्रियसभाको राष्ट्रिय तथा समन्वय समितिको बैठकमा सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी साउन १ देखि विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन गरिने जानकारी दिए ।

त्यसका लागि विदेशमा रहेका नेपालीलाई अनलाइनमार्फत नेपालमा आफ्नो स्थायी ठेगानामा मतदाता नामावली कायम हुने गरी प्रिरजिस्ट्रेसन गर्न लगाउने आयोगको तयारी छ ।

त्यसपछि सम्बन्धित देशको कुटनीतिक नियोगमा व्यक्तिको फोटो र औंठाछाप संकलन गर्ने आयोगले जनाएको छ । प्रमुख आयुक्त थपलियाका अनुसार पहिलो चरणमा खाडी मुलुकहरु युनाइटेड अरब इमिरेट्स, कतार, मलेसियामा मतदाता नामावली संकलन गरिनेछ ।

‘कुटनीतिक नियोगकै एक कर्मचारीलाई तोकेर मतदाता नामावली दर्ता गर्न लगाउने र सफ्टवेयरबाट उक्त नामावली लिएर निर्वाचन आयोगले नै अन्तिम निर्णय लिने’ थपलियाले बैठकमा भने, ‘विदेशमा रहेकालाई सम्बन्धित देशबाटै मताधिकारको व्यवस्था छैन । यस सम्बन्धी कानुन आउँदा नामावली यो हो भन्दा सहज हुने बुझाइका साथ आयोगले यस्तो आन्तरिक तयारी गरेको हो ।’

प्रकाशित : २९ जेष्ठ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६