बुटवल, २९ जेठ ।
बुटवलको देविनगरमा गाँजा खेती हुने गरेको पाइएको छ । उपमहानगरपालिका भित्र गाँजा खेती भइरहेको सूचना पाएपछि वडा प्रहरी कार्यालय बुटवलको टोली गाँजा खेती भइरहेको बुटवल ११ देबीनगर पुगेको थियो । त्यहाँ पुगेको वडा प्रहरी कार्यालयले गाँजा खेती गरेको भेटाएपछि फडानी गरी नष्ट गरेको छ ।
संघिय सरकारले हालै सार्वजनिक गरेको बजेटमा गाँजा खेती बारे सम्भाव्यता अध्यायन गर्ने बताइरहेका बेला बुटवलमा भेटिएको गाँजा खेती प्रहरीले नष्ट गरेको हो ।
बुटवल उपमहानगर ११ देविनगर तथा आसपास अन्तर्गत विभिन्न स्थानहरुमा अवैध रुपमा खेती गरिएको गाँजाका बोटहरु फडानी गरीएको वडा प्रहरी कार्यालय प्रमुख प्रहरी निरक्षिक अर्जुन पौडेलले जानकारी दिए ।
प्रतिक्रिया