प्रदेश

प्युठानमा तीर्थयात्री चढेको गाडी दुर्घटना, आठ जना गम्भीर घाइते



प्युठान, २९ जेठ । प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको निजी गाडी दुर्घटनामा परेको छ । लु १ च ६३४५ नम्बर को ८ जना सवार गाडी स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्रीमा सडकबाट तल खसेर दुर्घटना भएको हो । गाडीमा लमही ५ का २ महिला २ पुरुष र ४ बालबालिका सवार रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेकालाई उद्धार गरेर अस्पताल लगिँदै गरेको र उनीहरुको अवस्था अहिलेसम्म एकीन नभएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी सुवास गौतमले भने, ‘उद्धार भइरहेको छ, उनीहरुको अवस्था के छ भनेर अस्पताल आएपछि नै थाहा हुन्छ ।’

प्रकाशित : २९ जेष्ठ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६