प्रदेश

लिची टिप्दा लडेर महिलाको मृत्यु



पाल्पा, ३० जेठ । बगनासकाली गाउँपालिका– ९ फक्टुङकी ४५ वर्षीया धना खाणको रुखबाट लडेर मृत्यु भएको छ।
आफ्नै बारीमा रहेको रुखमा चढेर लिची टिप्ने क्रममा सोमबार दिउँसो करिब २ बजे उनी लडेकी थिइन्।

गम्भीर घाइते उनको तानसेनको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार हुँदै गर्दा बेलुकी पौने ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : ३० जेष्ठ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६