प्रदेश

आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि लुम्बिनी प्रदेशको बजेट भोली आउँदै




कपिलवस्तु, ३२ जेठ ।

लुम्बिनी प्रदेश सरकारले भोलि (शुक्रबार) नयाँ बजेट ल्याउँदै छ । आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि सरकारले बजेट ल्याउन लागेको हो ।


असार १ गते (भोलि) दिउँसो ३ बजे बजेट ल्याउने गरी दोस्रो अधिवेशनको ११ औँ बैठक आह्वान गरिएको छ । बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्की आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्ने कार्यतालिका छ ।


प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष २०८०–०८१ मा चालु आव भन्दा ५–१० प्रतिशत बजेट घटाइने छ ।

चालु आर्थिक वर्ष २०७९–०८० का लागि लुम्बिनी सरकारले ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्याएको थियो । तर, यस वर्ष सोही बजेटको १० हाराहारी प्रतिशत कटौती गर्ने तयारी छ । कटौती भएमा करिब ४ अर्ब बजेट घट्ने छ ।

प्रकाशित : ३२ जेष्ठ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६