प्रदेश

पहिलो पटक पाल्पाबाट सवारीचालक अनुमतिपत्र




पाल्पा, ३२ जेठ ।
पाल्पामै पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षाको लागि आवेदन खुला भएको छ । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले जेठ ३० गतेदेखि अनलाइन प्रणालीमार्फत मोटरसाइकल र स्कुटीको लाइसेन्सको लागि आवेदन खुला गरेको हो ।

कार्यालयले मोटरसाइकल तर्फ वर्ग (ए) र स्कुटरतर्फ वर्ग (के) को नयाँ लाइसेन्स जारी गर्न आवेदन खुला गरिएको जनाएको छ । लाइसेन्सका लागि परीक्षा दिने प्रशिक्षार्थीले अनलाइनमार्फत परीक्षा दिन सक्ने कार्यालय प्रमुख केशव सुनारले जानकारी दिए।

तानसेन-७ बर्तुंङमा रहेको सेवा कार्यालयबाट उक्त सेवा दिइने छ । कार्यालय जेठ ४ गतेदेखि लाइसेन्स नवीकरणको सेवा समेत दिइरहेको छ । जिल्लाबाटै लाइसेन्स दिने र नवीकरणको सेवा सुरु भएसँगै सेवाग्राहीलाई सहज भएको छ । लाइसेन्सको सम्पूर्ण कामका लागि बुटवल, पोखरा जानुपर्ने बाध्यता हटेको भन्दै सवारी चालकहरू समेत उत्साहित भएका छन् ।

पाल्पामा सवारी चालक परीक्षण केन्द्र (ट्रायल सेन्टर) को समेत निर्माण भइसकेको छ । यातायात व्यवस्था सेवा कार्यालयले तानसेन नगरपालिका(७, ठाँटी क्षेत्रमा ट्रायल सेन्टर निर्माण गरेको कार्यालय प्रमुख सुनारले बताए। यातायात व्यवस्था विभागको स्वीकृतिपछि ट्रायल सेन्टरको सेवा समेत सञ्चालनमा ल्याइने उनले बताए । ट्रायल सेन्टरले पाल्पासहित यस भेगका सेवाग्राही लाभान्वित हुनेछन् ।

प्रकाशित : ३२ जेष्ठ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६