अर्थ-वाणिज्य

देशलाई कृषिमा आत्मनिर्भर बनाउन आलु, प्याजमा कर लगाइएको होः अर्थमन्त्री



काठमाण्डौ, ३२ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले किसानलाई उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी रहेको बताउनुभएको छ ।

बिहीवार अर्थ मन्त्रालयमा किसानसँगको भेटमा अर्थमन्त्रीले विगतमा कृषि क्षेत्रमा दिने अनुदान वास्तविक किसानले नपाएको भन्दै उत्पादन हेरेर अनुदान दिने व्यवस्था बजेटले गरेको बताउनुभयो । उहाँले सरकारले स्थानीय उत्पादन वृद्धि र संरक्षण गर्नकै लागि तरकारीमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको दाबी गर्नुभयो । उहाँले आयातित आलु, प्याज रोक्ने र स्थानीय उत्पादनको प्रोत्साहन र सरंक्षण गर्ने सरकारको मुख्य उद्देश्य रहेको भन्दै बजेट आएपछि स्वार्थ समूहले गलत प्रचार गरिरहेको बताउनुभयो ।

अर्थमन्त्रीले आलु, प्याजमा लगाएको करले उपभोक्ता मूल्यमा वृद्धि नहुने भन्दै उल्टो मूल्य घट्ने बताउनुभयो । सरकारसँग स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न कर लगाउनुको विकल्प नभएको उहाँको भनाइ छ । उहाँले तरकारीमा कर लगाउने सरकारको कदम देशलाई कृषिमा आत्मनिर्भर उन्मुख गराउने उद्देश्य रहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आर्थिक विधेयकमा आलु, प्याजमा लगाएको करको मुख्य उद्देश्य नै स्थानीय उत्पादनलाई प्रोत्साहन र संरक्षण गर्ने हो । यो करको व्यवस्थाले मूलतः आयातित वस्तुलाई नै महँगो बनाउँछ । स्थानीय उत्पादनलाई महँगो बनाउँदैन । अहिले दैनिक उपभोग्य खाद्यवस्तु पनि आयात गर्नुपर्ने भन्ने बहस भइरहेको छ । त्यसैले आयातको सट्टा देशभित्र उत्पादन बढाऔँ भनेको हो ।त्यसले रोजगारी पनि सिर्जना पनि हुन्छ । उत्पादनकर्ता पनि उत्साहित हुन्छन् । नेपाल आत्मनिर्भरतातर्फ उन्मुख हुन्छ भनेर त्यो प्रस्ताव गरिएको हो । सरकारले कृषि क्षेत्रमा दिने अर्बौँको अनुदानको सदुपयोग भएन । दुरुपयोग भयो । कागज देखाएरमात्रै अनुदान लिएका थिए, अब त्यसरी हुँदैन ।’

अर्थमन्त्री महतले सरकारले नयाँ प्रविधि प्रयोग गर्ने किसानलाई प्राथमिकतामा राखेर उत्पादनमा आधारित अनुदान दिने पनि बताउनुभयो । उहाँले किसानलाई ढुक्क भएर उत्पादन बढाउन आग्रह गर्नुभयो ।

प्रकाशित : ३२ जेष्ठ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६