प्रदेश

नयाँ शैक्षिक सत्रसँगै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरु भयो नर्सिङ अध्ययन–अध्यापन



दाङ, ३२ जेठ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले नयाँ शैक्षिक सत्रसँगै नर्सिङ अध्ययन–अध्यापन सुरु गरेको छ । प्रतिष्ठानले मंगलवार एक कार्यक्रमको आयोजना गरी बिं.एस.सी. नर्सिङ र बि.एन.एस कार्यक्रममा भर्ना भएको प्रशिक्षार्थीहरूलाई स्वागत गरेको छ ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा. विकास लामिछाने, जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा र घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले प्रशिक्षार्थीहरुलाई फूलमाला सहित संयुक्त रूपमा स्वागत गरेका थिए ।

तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताललाई २०७४ असोज १२ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा स्तरोन्नति गरिएको थियो । राप्ती उपक्षेत्रीय अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेसँगै नर्सिङ अध्ययन अध्यापनको चर्चा चलिरहेको थियो । तर स्थापना भएको झन्डै पाँच वर्ष पछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले नर्सिङ पढाई सुरु गरेको छ ।

पूर्वाधार विकास अभावका कारण हालसम्म शैक्षिक कार्यक्रम अन्तर्गत जना गरी बिं।एस।सी। नर्सिङ र बि।एन।एस अध्ययन कार्यक्रम मात्रै सुरु गरेकाले पूर्वाधार विकास निर्माणले पूर्णता पाएसँगै प्रतिष्ठान विशेषज्ञ चिकित्सक शिक्षा अध्ययन पनि सञ्चालन गर्ने प्रतिष्ठानका उपकुलपति प्रा.डा. विकास लामिछानेले बताए ।

कार्यक्रममा प्रमुख अतिथि शर्माले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दाङको स्वास्थ्य सेवा क्षेत्रसँगै स्वास्थ्य अध्ययन अध्यापन क्षेत्रमा समेत अब्बल बन्न आग्रह गर्दै सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी, प्रतिष्ठानका शिक्षाध्यक्ष डा. वसन्त लामिछाने, रजिस्टार प्रकाश थापा लगायतका शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित : ३२ जेष्ठ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६