प्रदेश

दुरसञ्चार सेवाप्रदायकबाटै उपभोक्ताहरु ठगिए




बुटवल, ३२ जेठ । दुरसंचार सेवा बिस्तारसंगै आम नागरिकलाई यसबारे कानुनी ज्ञानको अभावमा सेवाप्रदायकबाटै उपभोक्ताहरु ठगिनु परेको बताइएको छ । यसैगरी उपभोक्ताबाट समेत दुरुपयोग चुनौति पनि उत्तिकै रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नेपाल दुरसंचार प्राधिकरणले बुटवलमा विहिबार आयोजना गरेको दुरसंचारसंग सम्बन्धित कानुन र समग्र दुरसंचार सेवाको वर्तमान अवस्थाबारे छलफलमा सहभागीहरुले सेवाप्रदायकहरुमाथि प्रश्न उठाएका थिए ।

उनीहरुले सेवालाई विशिष्टिकृत, सहज र गुणस्तरमा जोड दिनुपर्ने बताए । बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले कार्यक्रमको उद्घाटन गर्दै संस्थाको सेवालाई थप व्यवस्थित बनाउनका लागि दुरसंचारका कानुनलाई संशोधन गर्न जरूरी रहेको बताईन। हरेक भुगोलमा बसेकाहरुले बिलासिता भन्दा पनि आवश्यकताको वस्तुका रुपमा मोबाइल र ईन्टरनेटलाई लिने गरेको उनले दाबी गरिन् । नेपाल दुरसंचार प्राधिकरणका उपनिर्देशक रेवतीराम पन्तले सेवा र कानुनका बारेमा बुझाउने र सुझाव संकलन गर्ने रुपमा कार्यक्रम गरिएको बताए । दुरंचार कोष स्थापित गरि देशका बिभिन्न क्षेत्रमा सेवा लग्न थालेको बताए। संविधानबाट सुनिश्चित गरेको अधिकारका रुपमा सुचना प्राप्त गर्ने रहेको भन्दै तार काट्नेभन्दा पनि ब्यवस्थापन महत्वपूर्ण रहेको बताए। दुरसंचार अर्को सरकारका रुपमा रहेको दाबी गर्दै कुनै बेला टु जिबाट आज फाईभ जि हुँदै सिक्स जि संचालनका कानुनहरु बनाउनेसम्मको काम गर्दै आएको उनले बताए। अहिलेको ग्राहक सचेत हुनुपर्ने आवश्कता रहेको भन्दै उनले प्राधिकरणबाट गुनासो आए सेवाप्रदायकलाई जरिवाना र कारवाही गर्नेसम्मको अधिकार रहेको बताए।

उपभोक्ता हित संरक्षण मंच लुम्बिनी प्रदेशका अध्यक्ष तेज कुमार पाठकले उपभोक्ता सचेतना जगाउने खालका कार्यक्रम नियमित र निरन्तर हुनुपर्ने बताए। एउटा उपभोक्ताको दृष्टिकोणबाट हेर्दा ठगिने अवस्था रहेको र एशियामै सबैभन्दा महगो हावाको शुल्क तिर्नुपर्ने अवस्था रहेको उनले बताए। रेग्मी सप्लायर्सका बिपिन शर्माले प्राविधिक पक्षमा काम गर्ने पक्षलाई कानुनको ज्ञान जरुरी हुनुपर्ने भन्दै निरन्तर यस्ता अन्तरक्रियाहरु फलदायी हुने बताए। दुरसंचार ऐनमा साइवर एक्टिभिटीलाई कडाईकासाथ जोड दिएको बताए। ऐन संसोधनहरुको क्रममा फाईबर ब्यवस्थापन महत्वपूर्ण रहेको भन्दै उनले कानुनले भनेजस्तो काम हुन नसकेको बताए। न्युन खर्चमा अण्डरग्राउण्ड ब्यवस्थापन गर्न सकिने सम्भावना रहेको भन्दै निर्माणको क्रममा संस्थाहरु बीच समन्वयको अभाव रहेको बताए।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका महासचिव जेपि कंडेल, नेपाल बार एशोसियसन रुपन्देहीका अध्यक्ष शिवहरि अधिकारी, बुटवल उद्योग वाणिज्य संघका महासचिव बिमलराज भट्टराई, राष्टिय «उपभोक्ता मन्चका लुम्बिनी प्रदेश उपाध्यक्ष जमुना पोखरेल, रुद्र पोखरेल, घनश्याम रिजाल, केबल ब्यवसायी हरि पौडेलले उपभ‍ोक्ता र सेवाप्रदायक संस्थाबिच समन्वय अभाव रहेको भन्दै प्राधिकरण सहि ढंगबाट कार्यान्वयन गर्नुपर्ने सुझाव दिए।

प्रकाशित : ३२ जेष्ठ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६