देश

देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला



काठमाडौँ, ०२ असार । देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला परेका छन् । बाँकेको नरैनापुर गाउँपालिका-१ सुईया बस्ने ५२ वर्षीय नन्कु बेहना सोही गाउँपालिका-२ स्थित शान्ति सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जनाएको हो ।

यसैगरी बाँकेकै नेपालगंज उपमहानगरपालिका-१० आदर्श नगर बस्ने ५० वर्षीय प्रेम बहादुर डाँगी आफनै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । उता नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका-२ चिसापानी बल्क नम्बर ६ स्थित प्रतिक्षालयमा पाल्पा पूर्वखोला गाउँपालिका-६ घर भएका ५५ वर्षीय टोप बहादुर परियार शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै भोजपुरको भोजपुर नगरपालिका-३ दुम्छा बस्ने ४५ वर्षीया देव कुमारी सुनाम आफ्नै घर नजिक बाटोमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । उता रूपन्देहीको सैनामैना नगरपालिका-३ पुरानो हाट बजारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : २ असार २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६