देश

७० वर्षे उमेरहद उपयोगी भएन, त्यसैले हटायौँः केपी ओली



काठमाण्डौ, ०२ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपयोगी नभएकाले आफ्नो पार्टीले ७० वर्षको उमेरहद हटाउने निर्णय गरेको बताउनु भएको छ । अखिल नेपाल महिला सङ्घ, बाग्मती प्रदेश कमिटीले शनिवार आज च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

७० वर्ष माथिकाले काम गर्न सक्ने अवस्थामा पनि राजनीति छोडनुपर्ने अप्ठ्यारो अवस्था आएको, कतिपय अन्य पार्टीबाट आएका नेताहरुलाई पनि जिम्मेवारी दिनुपर्ने भएकाले त्यो उमेरहद हटाउने निर्णय गरेको ओलीको दाबी छ ।

चीनलगायतका दुनियाँका सबै पार्टीहरुले परित्याग गरिसकेको ७० वर्षे उमेरहद हटाउने निर्णय एमालेले गर्दा त्यसको विरोध गर्न आवश्यक नभएको उहाँले बताउनु भयो । उहाँले केहीले पार्टीको यो निर्णयको विरोध गरेर अराजनीतिक कुरा गरेको आरोप समेत लगाउनु भयो ।

अध्यक्ष ओलीले पार्टीका युवाहरुलाई ७० वर्ष कटेकाहरुसँग प्रतिस्पर्धा गरेर महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव बन्न कसले रोकेको छ भनेर प्रश्न समेत गर्नु भयो । काम गर्न सक्छन् भने ७० वर्ष कटेकाहरुलाई पार्टी भित्र प्रतिबन्ध लगाउनुपर्ने कुनै कारण नरहेको ओलीले बताउनु भयो ।

प्रकाशित : २ असार २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६