प्रदेश

तिनाउ खोलाको ड्याममा डुबेर एक युवाको मृत्यु



बुटवल, ०२ असार । पाल्पाको तिनाउ – ३ मा सिद्धबाबा अवस्थित तिनाउ खोलाको विद्युत ड्याममा डुबेर एक युवाको ज्यान गएको छ । मृत्यु हुनेमा गुल्मी जिल्ला सत्यवती गाउँपालिका ७ का १८ वर्षीय अभिशेख परियार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार रुपन्देहीको तिलोत्तमा-३ ड्राइभर टोलमा कोठा गरि बस्ने अभिशेख शनिबार दिउँसो नुहाउन भन्दै तिनाउ खोलाको ड्याममा गएका थिए ।

अचानक खोलामा वेपत्ता भएपछि दोभान प्रहरी चौकीमा खबर गरिएको थियो । उद्दारका लागि गएको प्रहरीले टोलीले फेला पारी बुटवलका लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित : २ असार २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६