पाल्पा, ०४ असार । तानसेन नगरपालिका १ भुसलडाडा बस्ने राजेन्द्र कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा कार्कीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार ८ सय २५ रूपैयाँ र ३५ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया