प्रदेश

खुला दिशामुक्त जिल्ला गुल्मीमा ७ सय १ परिवार शौचालयविहीन



गुल्मी, ०४ असार । खुला दिशामुक्त जिल्ला घोषणा भएको जिल्लामा अझै पनि ७०१ घरपरिवार शौचालयविहीन भएको सार्वजनिक भएको छ।
२०७१ सालमा तामझामका साथ तत्कालीन उपराष्ट्रपति परमानन्द झाले खुला दिशामुक्त घोषणा गरेको जिल्लामा अझै पनि ७०१ परिवार शौचालयविहीन भएको राष्ट्रिय तथ्यांक कार्यालय पाल्पाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। जिल्लामा कुल जनसंख्याको १.०६ प्रतिशत घरपरिवार शौचालयविहीन भएको तथ्यांकमा उल्लेख छ।

यस्तै गुल्मीमा २०६८ को भन्दा ७८ मा जनसंख्या घटेको पाइएको छ।

आइतबार जिल्ला प्रशासन कार्यालय गुल्मीको सभाहलमा राष्ट्रिय तथ्यांक कार्यालय पाल्पाले २०७८ सालको जनगणना सार्वजनिक गरेको विवरणमा ३३ हजार ६६६ जना घटेको तथ्यांकमा उल्लेख छ।

२०६८ सालमा गुल्मीको जनसंख्या दुई लाख ८० हजार १६० रहेकोमा २०७८ सालमा दुई लाख ४६ हजार ४९४ रहेको पाइएको छ। जसअनुसार १ लाख १२ हजार २५ पुरुष र १ लाख ३४ हजार ४६९ रहेको छ। २०६८ मा १ लाख २० हजार ९९४ रहेका थिए भने महिला १ लाख ५९ हजार १६५ जना थिए।

जनगणनाअनुसार परिवार संख्या भने बढेको पाइएको छ। २०६८ मा ६४ हजार ९२१ रहेकोमा २०७८ मा भने ६६ हजार १२५ परिवार संख्या रहेको तथ्यांक कार्यालय पाल्पाका निमित्त कार्यालय प्रमुख लेखनाथ पाण्डेले जानकारी दिए।

जिल्लामा साक्षरता दर बढेको तथ्यांकमा उल्लेख छ। २०७८ मा जिल्लाको साक्षरता दर ८०।३४ प्रतिशत रहेको छ भने २०६८ सालमा ७२।५ रहेको थियो।

यस्तै जिल्लाबाट विदेशमा रहेकाको संख्या २०७८ मा ४१ हजार ५५० रहेका छन्। जसमा पुरुष ३५ हजार ४७९ जना रहेका छन् भने महिला ६ हजार ७१ जना रहेका छन्।

२०६८ मा ५८ हजार ५६१ जना विदेशमा थिए। जसमा ५१ हजार २२२ पुरुष र सात हजार ३३९ जना महिला रहेका थिए।

तथ्यांक सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि रहेका जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले सार्वजनिक विवरणले जिल्लाका स्थानीय तह र सरकारी निकायले भावी रणनीतिक योजना तयार गर्न सहज हुने बताए।

२०६८ मा ५८ हजार ५६१ जना विदेशमा थिए। जसमा ५१ हजार २२२ पुरुष र सात हजार ३३९ जना महिला रहेका थिए।

प्रकाशित : ४ असार २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६