प्रदेश

बाणगंगामा सडकमै स्वास्थ्य जाँच




कपिलवस्तु, ०४ असार ।
कपिलवस्तुको बाणगंगामा सडकमै स्वास्थ्य परिक्षण सिविर संचालन गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय गोरुसिंगेको आयोजनामा अस्थाई ट्राफिक विट पिपरामा स्वास्थ्य परिक्षण सिविर संचालन गरिएको हो ।
आखाँको दृष्टि, सुगर, प्रेसर लगायत विभिन्न कमजोरी चालकमा हुँदा दुर्घटना हुन सक्ने भएकाले स्वास्थ्य बारे सचेत बनाउन राजमार्गमा चल्ने सवारी साधनका चालकहरुको स्वास्थ्य जाँच गरिएको हो ।
पूर्व पश्चिम राजमार्गमा आवत जावत गर्ने ७८ जना सवारी चालकले स्वास्थ्य गराएका छन् । दृष्टिको समस्या देखिएका २४ जनाले निःशुल्क चस्मा प्राप्त गरेका छन् । उपचारमा लागि कतिपयलाई आखाँमा प्रयोग गर्ने ड्रप तथा अन्य औषधि प्रदान गरिएको छ । जसबाट चालाकहरु सचेत र उत्साहित देखिएका थिए ।
दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले प्रहरीले सडकमै सवारी चालको स्वास्थ्य जाँच गर्ने गरेको जनाएको छ । सवारी दुर्घटना हुनुको कारण मध्य चालक पनि हुने भएकाले उनीहरुको स्वास्थ्य जाँच गर्न थालिएकोे ट्राफिक प्रहरी बरिष्ठ नायव निरिक्षक राजकुमार चापागाँईले बताए ।
छन्द कालेबाबू नारायणी आखाँ अस्पताल बहादुरगंजको प्राविधिक सहयोगमा सवारी चालको स्वास्थ्य जाँच गरिएको हो । स्वास्थ्य जाँचमा चालकमा भेटिएका समस्यालाई निरन्तर फलोअप गर्ने र आगामी दिनमा पनि यस्ता शिविरलाई निरन्तर जारि राख्ने छन्द कालेबाबू नारायणी आखाँ अस्पताल बहादुरगंजका आउट स्पट निरीक्षक हरि भण्डारीले बताउनुभयो ।
सवारी दुर्घटनाबाट कतिपय मानिसको अकालमै मृत्यु हुने, घाइते र अंगभंग हुने हुँदा आर्थिक सामाजिक सँगै मनोबैज्ञानिक समस्याले विकासमा नकारात्मक समस्या पार्ने गरेको छ । सडक दुर्घटना न्यूनीकरणका लागि तिनै तहको सरकार सँगै सम्बन्धित सरोकारवाला समेत बढि जिम्मेवार बन्न आवश्यक देखिन्छ ।

प्रकाशित : ४ असार २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६