अर्थ-वाणिज्य

कर वृद्धि प्रति जिल्ला सहकारी संघ कपिलवस्तुको ध्यानाकर्षण




कपिलवस्तु, ०५ असार ।नेपाल सरकारले आगामि आर्थिक बर्ष २०८०/८१ का लागि प्रस्तावित नीति, कार्यक्रम तथा बजेट मार्फत सहकारीको आयकरमा लाग्दै आएको करको दर वृद्धि प्रति कपिलवस्तु बचत तथा ऋण सहकारी संघ लिमिटेडले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला संघका अध्यक्ष गुणानिधि भुसालको अध्यक्षतामा जिल्लाको जितपुरमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । सहकारी ऐन २०७४ ले नगरपालिका भित्र ५ प्रतिशत, उपमहानगरपालिकामा ७ प्रतिशत र महानगरपालिकामा १० प्रतिशत ब्यवस्था रहेकोमा आ.व. २०८०/०८१ को नीति, कार्यक्रम तथा बजेट मार्फत नगरपालिकामा ७.५ प्रतिशत, उपमहानगरपालिकामा १५ प्रतिशत र महानगरपालिकामा २० प्रतिशत पु¥याउने घोषणा गरेको छ । सहकारी अभियान्ताले यसको विरोध जनाउदै आएका छन् ।
वैठकले ग्रामिण क्षेत्रमा सञ्चालित सहकारीमा परेको यस खालको गंभिर असर प्रति संघले विरोध जनाएको छ । संघले सहकारीको हित विपरित हुने सरकारका यस्ता नीति, कार्यक्रमबाट सहकारी र सरकार बीच दुरी बढाउने मात्र काम गरेको जनाएको छ । वैठकले विपन्न वर्गलाई प्रत्यक्ष असर पुराउने कर वृद्धिको निर्णय फिर्ता लिन आग्रह गरेको जिल्ला सचिव ढाकाराम अधिकारीले बताउनु भयो ।

प्रकाशित : ५ असार २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६