समाचार

धुर्मुस-सुन्तली फाउन्डेसनले तिर्नुपर्ने करमा छुट दिने सरकारको निर्णय



असार ५, काठमाडौँ — सरकारले धुर्मुस-सुन्तली फाउन्डेसनले तिर्नुपर्ने गिरानचौर एकीकृत नमुनाबस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।त्यस्तै बैठकले नेपाल(चीन सिमानाको तातोपानी झ्याङ्मुस्थित सीमा चिह्न स्तम्भ ९५३० १ लाई संयुक्त रूपमा पुनः स्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय भएको सरकारी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मन्त्री शर्माले मंगलबारको बैठकको निर्णयबारे जानकारी दिँदै भनिन्, ‘धुर्मुस(सुन्तली फाउन्डेसनले गिरानचौर एकीकृत नमुना बस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धनको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरण गर्दा जुन कर थियो, त्यसको चुक्ता, असुल उपर गर्नुपर्ने अग्रिम कर छुट दिने भन्ने निर्णय भएको छ । नेपाल(चीन सिमानाको तातोपानी झ्याङ्मुस्थित सीमा चिह्न स्तम्भ ९५३० १ लाई संयुक्त रुपमा पुनः स्थापनाका लागि नेपाली टोली गठन गर्ने भन्ने निर्णय भएको छ ।’ मन्त्री शर्माले मन्त्रिपरिषद् बैठकमा विपद्का बारेमा थप व्यवस्थापन गर्नेबारेमा छलफल भएको बताइन् ।

प्रकाशित : ६ असार २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६