प्रदेश

संगठित रुपमा लागे मात्रै बेचबिखन रोकथाम गर्न सकिने




भैरहवा, ६ असार ।

मानब बेचबिखन संगठित अपराध भएकाले संगठितरुपमा लागेमात्रै रोकथाम गर्न सकिने एक कार्यक्रममा वक्ताहरुले बताएका छन् । अन्तरसीमा सरोकारवालाहरुसंग मानव बेचबिखन सम्बन्धी समन्वयात्मक छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले मानव बेचबिखन रोक्न सबै सरोकारवाला निकायको सहयोग आवश्यक रहेको बताए ।

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नंं १३ कालिदह र सीमा पारी कक्रहवा एसएसबी क्याम्पमा भएको कार्यक्रममा बोल्दै एसएसबी कक्रहवाका एसिसिटेन्ट कमान्डर अंकुश शुभास डाँगेले मानव बेचबिखन जस्तो जघन्य अपराध रोक्नका लागि सबैले आ–आफ्नो ठाउंँबाट काम गरेमा कम गर्न सकिने बताए ।

सशस्त्र प्रहरी निरीक्षक शरण बहादुर खड्काले सीमा नाकामा प्रयाप्त शिक्षा आवश्यक रहेको बताउँंदै सबै नागरिक शिक्षित भएमा मानव बेचबिखन रोकथाम हुने बताए ।

शुभ अवसर ग्राम नेपाल परियोजनाका भैरहवा शाखा संयोजक सत्यनारायण यादवले स्थानीयको सहयोग र समन्वयमा बेचबिखन धेरै रोकथाम गर्न सकिने बताए । ‘परियोजना सुरुपछि हामीले कैयौँ फकाएर, झुक्याएर भारततर्फ लगिँदै गरेका, भारतमा बेचिएका, यौनधन्दामा लगाइएका बालिका, किशोरी, युवती र अधबैशे महिलाहरूलाई उद्दार गरेर आफन्तको जिम्मा लगाएका छौँ, कैयौँलाई आयआर्जनका लागि पनि सहयोग गरेका छौँ’, यादवले भने, ‘यसरी उद्दार गरेर ल्याइएका अधिकांश महिलाहरू अहिले खुशी हुनुहुन्छ, धेरै त परियोजनाको सहयोगमा स्वरोजगार पनि बन्नु भएको छ ।’ उद्दार गरिएकाहरूलाई संस्थामा सेल्टरमा राखेर आफन्तको जिम्मा लगाउने गरिएको छ । भैरहवामा संस्थाको २० जना अट्न सक्ने क्षमताको सेल्टर छ ।

शुभ अवसर ग्राम नेपालका सामाजिक परिचालन अधिकृत विकास देवकोटाले सरोकारवाला निकायका बीचमा समन्वय बलियो बनाउन आवश्यक रहेको बताए । गुड सेफर्ड ईन्टरनेशनल फाउन्डेशनको सहयोगमा सीमा नाकाहरुमा शुभ अवसर ग्राम नेपालले काम गरिरहेको छ ।

प्रकाशित : ६ असार २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६