देश

माओवादीले बोलायो केन्द्रीय समितिको बैठक



काठमाडौं, ०७ असार । सत्तारुढ माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय सदस्यहरुलाई बिहीबार पठाइएको सर्कुलरअनुसार २३ असारमा प्रज्ञा भवन, कमलादीमा बैठक बस्ने छ । बैठकमा तीन वटै आयोगका सदस्य र प्रदेश समितिका पदाधिकारीहरु समेत सहभागी हुनेछन् ।

बैठकअघि १५ असारभित्र दुई महिने अभियानको समीक्षासहितको प्रतिवेदन पठाउन भनिएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरेको सर्कुलरमा लेबी बुझाउन बाँकी भएकाले २० प्रतिशत लेबी र २०७८ पुसमा भएको आठौं महाधिवेशनको हिसाब फछ्र्यौट गर्न बाँकी प्रदेशहरुलाई केन्द्रीय समिति बैठक अगाडि हिसाब मिलान गर्न निर्देशन दिइएको छ ।

प्रकाशित : ७ असार २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६