देश

बालेन र हर्कलाई पार्टीमा जोड्न पाए असाध्य राम्रो हुन्थ्योः लामिछाने



काठमाडौँ, ०७ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौँ महानगर मेयर बालेन साह र धरान उपमहानगरका मेयर हर्क साम्पाङलाई पार्टीमा जोड्न सकारात्मक रहेको बताएका छन् ।

पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बालेन र हर्कलाई पार्टीमा जोड्न सके असाध्य राम्रो हुने बताए ।
२०८४ मा पार्टी स्वतन्त्रले साँच्चिकै स्वतन्त्रहरू हर्क बालेनलाई समेट्न सक्ला कि नसक्ला भन्ने प्रश्नमा उनले भने, ‘यो राम्रो हुन्थ्यो । त्यस्तो साथीहरूलाई हामीले जोड्न सके असाध्य राम्रो हुन्थ्यो ।’ उनीहरूलाई पार्टीमा जोड्ने चाहना रहेको भन्दै आफूहरू एक सय प्रतिशत सकारात्मक रहेको लामिछानेको भनाइ छ । ‘त्यो हाम्रो चाहना छदै छ । हाम्रो चाहना अनुरूप अन्य साथीहरूले पनि सोचिदिनु भयो भने हामी हाम्रो तर्फबाट एक सय प्रतिशत सकारात्मक छौँ,’ उनले भने ।

उनीहरूको कामको प्रशंसा गर्दै आएको उनको भनाइ छ । लामिछानेले भने, ‘ हाम्रो सम्बन्ध पनि सौहार्दपूर्ण नै छ । मैले उहाँको कामको निरन्तर प्रशंसा गरेकै छु । चुनावदेखि राम्रा कामलाई समर्थन गर्दै आएको छु ।’ बालेन र हर्कलाई रास्वपाका जोड्न पाए आफ्ना लागि खुसीको कुरा हुने लामिछानेले बताए ।

प्रकाशित : ७ असार २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६