प्रदेश

होटल तथा पर्यटन ब्यबसायी संघ कपिलवस्तु नगर अध्यक्षमा टामलाल खनाल




कपिलवस्तु, ०७ असार ।
होटल तथा पर्यटन ब्यबसायी संघ कपिलवस्तु नगर अध्यक्षमा टामलाल खनाल चयन भएका छन् । होटल तथा पर्यटन ब्यबसायी संघ कपिलवस्तुको कपिलवस्तु नगरपालिका नगर स्तरिय ब्यबसायी भेलाले अध्यक्षमा खनाललाई चयन गरेको हो ।


जसको उपाध्यक्षमा निम बा. खड्का, सचिवमा राजेश चौधरी, कोषाध्यक्षमा बिरेन्द्र गुप्ता चयन भएका छन् । त्यस्तै सदस्यहरुमा धन बा. थापा, राकेश गौड, बिर्ख ब. तामाङ, मनोज के.सि र गौरीशंकर कलवारलाई चयन गरेको हो ।


“युवा स्वरोजगार,ब्यबसायीक समृद्धि तथा पर्यटन प्रबर्द्धन हाम्रो अभियान” भन्ने मुल नाराका साथ होटल तथा पर्यटन ब्यबसायी संघ कपिलवस्तुले नगर स्तरीय ब्यबसायी संघ गठनलाई तिव्रता दिएको संघका अध्यक्ष रविन्द्र पौडेलले बताए ।


कपिलवस्तु नगरपालिका नगर स्तरिय व्यवसायी भेला कपिलवस्तुको तौलिहवमा सम्पन्न भएको हो । भेलामा नगर संयोजक दिपक सुनारको अध्यक्षता रहेको कार्यक्रमको संचालन संघका महासचिव रोमलाल पौडेले गरेका थिए ।

प्रकाशित : ७ असार २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६