प्रदेश

दाङका गिरी रुपन्देहीबाट २ किलो सुन सहित पक्राउ



बुटवल, १० असार । रुपन्देहीमा सशस्त्र प्रहरी बलले दुई किलो सुनसहित कार र एकजनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी, बयरघाट, रुपन्देहीले गएराति साढे ११ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका–१३, कालिदहबाट कार र चालकसहित उक्त सुन बरामद गरेको हो।

बरामद गरिएको बस्तु सुन जस्तो देहिने पहेंलो धातु रहेको सशस्त्रले जनाएको छ। शसस्त्र प्रहरीले सुन सहित कार चालक दाङका हुमानन्द गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सूरु गरेको छ।


सशस्त्र प्रहरी बल नम्बर २७ गण रुपन्देहीका प्रमुख एसपी दीपककुमार थापाले बरामद भएको उक्त दुईकिलो पहेंलो धातु सुन भएको आशंका गरिएको जनाए।

नेपालबाट भारततर्फ जाँदै गरेको बा१२ च.३८२० नम्बरको मारुती सुजुकी कार र चालकलाई बिशेष सूचनाको आधारमा नियन्त्रणमा लिई चेकजाँच गर्दा गियर बक्समा फल्स बटम बनाएर लुकाइछिपाइ लैजाँदै गरेको अबस्थामा फेला पारिएको उनले जनाए।

ईट्टा आकारको २ थान सुन जस्तो बस्तु, कार र चालक दाङको घोराही उपमहानगरपालिका–१० का हुमानन्द गिरीलाई नियन्त्रणमा लिएको उनले जनाए। नियन्त्रणमा लिइएको कार, सुन र चालकलाई भैरहवा भन्सार कार्यालयमा बुझाइएको छ।

उक्त सुनजस्तो बस्तुको मूल्य (सुन प्रमाणित भएमा) रु.१ करोड ८८ लाख २७ हजार र गाडीको १५ लाख रुपैयाँ गरि जम्मा रु. २ करोड ३ लाख २७ हजार कायम गरि भैरहवा भन्सार कार्यालयमा बुझाइएको सशस्त्रले जनाएको छ।

प्रकाशित : १० असार २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६