प्रदेश

कपिलवस्तुको विजयनगरमा १ लाख बढीको अवैध काठ बरामद




कपिलवस्तु, १० असार ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा अवैध काठ बरामद गरिएको छ । ८० क्विन्टल सिसौ र सगुन जातको स्टिप काठ बरामद गरिएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल (बिओपी) विजयनगर र प्रहरी चौकी ठाकुरापुरको संयुक्त टोलीले उक्त अवैध काठ बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल विजयनगरबाट सशस्त्र प्रहरी नायब निरीक्षक भरत प्रसाद चौधरी र प्रहरी चौकी ठाकुरापुरबाट प्रहरी सहायक निरीक्षक धन बहदुर अधिकारीको नेतृत्वको संयुकत टोलीले काठ बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल विजयनगरका प्रहरी निरीक्षक झक्कु प्रसाद शर्माले गाउँपालिकाको वडा नम्बर ५ कटनियाबाट उक्त अवैध काठ बरामद गरिएको जानकारी दिए । उनले तस्करले भारतबाट ल्याई लुकाईछिपाई राखेको अवस्थामा उक्त काठ बरामद गरिएको बताए ।

काठको मुल्य १ लाख ४ हजार रुपैयाँ बराबरको रहेको उनले जनाए । बरामद गरिएको अवैध काठ सब(डिभिजन वन कार्यालय ठाकुरापुरमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : १० असार २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६