प्रदेश

विजयनगरमा ५५ करोड ७९ लाख भन्दा बढिको प्रस्तुत




कपिलवस्तु, १० असार ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले ५५ करोड ७९ लाख ८ हजारको बजेट प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले विजयनगरको दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले भौतिक पुर्वाधारको विकासलाई निरन्तरता दिने, कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकतामा राखिएको बताए । उनले गाउँपालिकालाई पूर्ण सरसफाई अभियान तथा हरियाली प्रवद्र्धन कार्यक्रमलाई विशेष प्राथमिकतामा राखिएको बताए । कृषि अन्तर्गत सिँचाईलाई मुख्य कार्यक्रममा राखिएको अध्यक्ष थापाले जनाए ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले गाउँपालिका दुई ओटा विधेयक पेश गरिएको बताए । उनले आर्थिक विधेयक २०८० र विनियोजन विधेयक २०८० पेश गरिएको बताए । आर्थिक विधेयक अन्तर्गत ३ करोड आन्तरिक प्रक्षेपण र विनियोजन विधेयक अन्तर्गत ५५ करोड ५५ करोड ७९ लाख ८ हजार बजेट रहेको रिजालले जानकारी दिए ।

प्रकाशित : १० असार २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६