प्रदेश

उपमेयर सुनिताका पति विरुद्ध मुद्धा दर्ता, गुप्ता फरार




कपिलवस्तु, असार ११ ।
कपिलवस्तु प्रहरीले कपिलवस्तु नगरपालिकाकी उपमेयर सुनिता गुप्ताका श्रीमान संजय गुप्ता विरुद्ध मुद्धा दर्ता गरेको छ । उपमेयरका श्रीमानको ज्यादती विरुद्ध विगत ४ दिन देखि नगरपालिकाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका थिए । उपमेयरका श्रीमानले कर्मचारीहरुलाई थर्काउने, धम्क्याउने, गालीगलौज गर्ने, तथा आफुले भने अनुसारका योजनामा बढि मूल्यांकन गर्न दबाब दिएको भन्दै शुक्रबार देखि कर्मचारी आन्दोलनमा उत्रिएका थिए । पेनडाउन देखि लिएर जिल्ला प्रशासन कार्यालय समेत घेराउ गरेपछि प्रहरीले बाध्य भएर सोमबार सार्वजनिक मुद्धा दर्ता गरेको छ । मुद्धा दर्ता संगै गुप्ता विरुद्ध पक्राउ पुर्जी लिएर प्रहरीले खोजतलाश जारी राखेको छ । कपिलवस्तु प्रहरी प्रवक्ता डिएसपी मीनबहादुर घलेले कर्मचारी तथा नगरपालिका कार्यपालिकाकै निर्णय भई आएको उजुरीको आधारमा मुद्धा दर्ता गरिएको बताएका छन् ।


चुनाव जितेको अर्को दिन देखि उपप्रमुख सुनिताको पदको अघोषित शासन चलाउदै आएका संजय गुप्ताले उपप्रमुखको हैसियतले हुने जुनसुकै कार्यक्रम, निति, योजना निर्माण तथा अनुगमनमा समेत हस्तक्षेप गर्दै आएका छन् । नगरपालिका भित्र संचालन हुने योजनाहरुको अनुगमन संयोजक उपप्रमुख गुप्ता भएपनि श्रीमानले अनुगमन गरेर ठेकेदार वा उपभोक्ता संग सेटिङ्ग नमिले सम्म उनीहरुको योजना पास हुदैन । जसका कारण नगरपालिकामा चरम विवाद बढ्दै गएको छ । योजनाको मूल्यांकन गर्दा प्राविधिक कर्मचारीहरुलाई धम्क्याउने र उपमेयरका श्रीमानले भनेसरी योजनाको मूल्यांकलन तलमाथि नगरे गालीगलौज समेत गर्ने गरेका छन् । आफुले भनेका व्यक्तिहरुलाई उपभोक्ता समितिमा नराखे योजना सम्झौतामै अवरोध गर्ने, कमिशनमा नयाँ नयाँ योजनामा बजेट हाल्ने देखि लिएर नगरकार्यपालिका वैठकहरुमा समेत उपमेयरका श्रीमानले अवरोध तथा हस्तक्षेप गर्दै आएका थिए । अरु त अरु पालिकाले लगाएको नदीजन्य पर्दाथ ठेक्कामा समेत उपमेयरका श्रीमान गुप्ताले ठेकेदार संग अनुगमनमा नाममा मासिक १ लाख रुपैया उठाउदै आएका थिए ।


प्रहरीले मुद्धा दर्ता गरि खोजतलाश व्यापक बनाएको थाहा पाएपछि उपमेयरका श्रीमान गुप्ता भारत तर्फ हानिएका छन् । पारिवारिक श्रोतका अनुसार धिरज (संजय) आफन्तकहाँ लखनउ गएको र असार मसान्त पछि मात्र आउने बताइएको छ । यसै बिच असार मसान्तको चटारो र हालै फुकुवा भएको नागरिकता कानून अनुसार वडा तथा नगरपालिकामा सेवाग्राहीको चापलाई ध्यानमा राख्दै कर्मचारीहरुले आन्दोलनलाई आंशिक रुपमा फिर्ता लिएका छन् । “मंगलबार देखि हातमा कालोपट्टि बाधेर काम गर्नेछौ, जनतालाई सास्ती दिनु हुदैन भनेर काममा फर्कियौ” लेखा अधिकृत बलराम न्यौपानेले भने ।

प्रकाशित : ११ असार २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६