प्रदेश

रुपन्देहीमा आमाको हत्याको आरोपमा छोरा पक्राउ



रुपन्देही, १३ असार । आमाको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देहीमा छोरालाई पक्राउ गरेको छ । 

रुपन्देही प्रहरीका अनुसार पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ बस्ने २५ वर्षीय शिवकुमार मुशहरलाई प्रहरीले रुपन्देहीको गैडहवा गाउँपालिका–८ मैनहवाबाट पक्राउ गरेको हो ।

शिवकुमारले पारिवारिक विवादको क्रममा ५० वर्षीया आमा बुद्धिरानी मुसहरलाई धारिलो हतियारले प्रहार गरेका थिए ।

घाँटीमा धारिलो हतियार प्रहार गरेपछि बुद्धिरानीको घटनास्थलमै मृत्यु भएको थियो । आमाको हत्यापछि फरार भएका शिवकुमार रुपन्देहीको गैडहवामा आएर लुकेका थिए । घटना हिजाे भएकाे थियाे ।

प्रकाशित : १३ असार २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६