प्रदेश

लुम्बिनीका तिन जिल्लामा बाढीको उच्च जोखिम



काठमाण्डौ, १५ असार । आउँदो तीन दिन लुम्बिनीका तिन जिल्ला कपिलवस्तु, रुपन्देही र पाल्पाका नदी तथा खोलामा बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले सूचना निकालेर रुपन्देही, कपिलवस्तु र पाल्पा आसपास भइ बहने केही साना नदीमा पानीको सतह बढ्ने र केहीमा आकस्मिक बाढीको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै, आज देशका अन्य १७ जिल्लाका नदी तथा खोलामा पनि बाढीको सम्भावना छ ।

इलाम, झापा, मोरङ, उदयपुर, सिन्धुली, सर्लाही, रौतहट, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, स्याङ्जा, तनहुँ, गुल्मी, अर्घाखाँची, प्युठान, दाङ र आसपासका भइ बहने नदीमा बाढीको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

प्रकाशित : १५ असार २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६