प्रदेश

विस्फोटका घटनामा संलग्न भएको आरोपमा रुपन्देहीबाट ३ जना पक्राउ



रुपन्देही, १५ असार ।
रुपन्देहीका विभिन्न ठाउँमा भएका विष्फोटका घटनामा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सियारी गाउँपालिका–४ धमसरका २७ वर्षीय अब्दुल हाकिम खान, कोटहीमाई गाउँपालिका–३ पर्सियाका २२ वर्षीय सुरज लोहार र कोटहीमाई–४ का २४ वर्षीय सुरज थारु पक्राउ परेका रुपन्देहीका प्रहरी प्रमुख एसपी भरतबहादुर बिकले जानकारी दिनुभयो ।

हिजो पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले मोटरसाइकल र मोबाइलसमेत बरामद गरेको छ । उनीहरुले मधेस पिपुल्स पार्टीको नामबाट वि भिन्न व्यक्तिलाई फोन गरी धम्काएर फिरौती रकम समेत माग्ने गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका तीन जनालाई मुलुुकी अपराध संहिता २०७४ अनुसार कारबाहीको प्रकृया अगाडि बढेको प्रहरीले जनाएको छ ।

प्रकाशित : १५ असार २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६