कृषि

अर्थतन्त्र बलियो बनाउन धान उत्पादनलाई प्रवर्द्धन गर्नुपर्छः कृषिमन्त्री भुसाल



काठमाण्डौ, १५ असार । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले अर्थतन्त्रलाई बलियो बनाउन धान उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने बताउनु भएको छ ।

राष्ट्रिय कृषि अनुसन्धान परिषद्ले खुमलटारमा आयोजना गरेको २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८० मा उहाँले प्रविधि र बिउ किसानसम्म पुर्‍याएर उपलब्धि हासिल गर्नतर्फ लाग्नुपर्ने बताउनु भएको हो । उहाँले बाँझो जमिनको उपयोग गर्ने यस वर्षको नीति रहेको बताउनु भएको छ ।

‘हाम्रो अर्थतन्त्रलाई सबल बनाउन धानलाई प्रवर्द्धन गर्नुपर्ने छ । एक लाख ३० हजार हेक्टर जमिन बाँझो भएको छ । राज्यको तर्फबाट उपयुक्त सेवा सुविधा पुर्‍याउन नसक्दा बसाइँसराइको दर बढिरहेको छ । यस वर्ष बाँझो जमिनको उपयोग गर्ने नीति छ, सेवा सुविधा पुर्‍याउन मन्त्रालय क्रियाशील हुनेछ’ भुसालले भन्नुभयो ।

उहाँले राष्ट्रिय योजना आयोगले कृषि मन्त्रालयको बजेट ‘सिलिङ’ घटाउँदा समस्या भएको समेत बताउनु भएको छ । मन्त्री भुसालले कृषि सामग्री संस्थानसँग र साल्ट ट्रेडिङसँग मल पर्याप्त मौज्दात रहेको भन्दै यस वर्ष मलको अभाव नहुने दाबी गर्नुभयो ।

प्रकाशित : १५ असार २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६