देश

राष्ट्रियसभाबाट विधेयक पारित



काठमाडौं, १५ असार । मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० राष्ट्रियसभाबाट पारित भएको छ। आज बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले पेस गरेको उक्त विधेयक सर्वसम्मत पारित भएको हो।

उक्त विधेयक पारित गरेर बैठक ४१ मिनेटका लागि स्थगित भएको छ। त्यसअघि प्रतिनिधिसभाबाट प्राप्त विनियोजन विधेयक २०८० राष्ट्रियसभा बैठकमा टेबुल भएको छ। बैठकमा सचिव डा.सुरेन्द्र अर्यालले विनियोजन विधेयक २०८० लाई प्रतिनिधिसभाको सन्देशसहित टेबुल गरेका हुन्। त्यस्तै अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजन विधेयक छलफलका लागि पेश गरेका छन्।

प्रकाशित : १५ असार २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६