प्रदेश

बाँकेको नरैनापुरमा भूमिहीनलाई जग्गाधनी प्रमाण पुर्जा वितरण



बाँके, १६ असार । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले बाँकेको नरैनापुर गाउँपालिकाको गाउँब्लकमा रहेका भूमिहीनहरूलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरेकी छन् । नरैनापुर गाउँपालिकाको वडा नं ४ मा रहेका ७७ घर परिवारलाई शुक्रबार जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको नापी कार्यालय बाँकेका नापी अधिकृत मीरा न्यौपानेले जानकारी दिइन् ।

जग्गा धनी प्रमाण पुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले नरैनापुरमा रहेका गाउँ ब्लकका थप ४ सय नागरिकहरूलाई केही महिना भित्रै जग्गा वितरण गरिसक्ने बताइन् । उनले नापी भइसकेका गाउब्लकको जग्गा धनी प्रमाण पुर्जा वितरण अभियान सुरु गरिएको र यस अभियानमा भूमि भएर पनि भूमिविहीन बनिरहेकाहरू कोही पनि छुुट्न नहुनेमा जोड दिँदै नापी हुन बाँकी गाउँब्लकको नापी गर्नका लागि पनि प्रक्रिया अगाडि बढिसकेको जानकारी गराएकी थिइन् ।

उनले नरैनापुरमा नापी र मालपोत कार्यालय राख्ने निर्णय भई सकेको बताउँदै साउन महिना भित्रै कार्यालय सञ्चालनमा आउने जिकिर गरिन्। मन्त्री श्रेष्ठले नरैनापुरमा इलाका प्रशासन कार्यालय अविलम्ब सञ्चालनका लागि मन्त्रिपरिषद्को बैठकमा प्रस्तावको रूपमा पेस गर्ने प्रतिबद्धता व्यक्त गरिन् । मन्त्री श्रेष्ठले भनिन्,‘अब कोही पनि नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित हुनुपर्दैन । ’

प्रकाशित : १६ असार २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६