प्रदेश

काँग्रेस रुपन्देहीको क्षेत्रीय सम्मेलन तनावग्रस्त

मुख्य ब्यानर नै च्यातेर फालेपछि, प्रहरी परिचालन




बुटवल, १६ असार । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलन तनावग्रस्त बनेको छ । काँग्रेसको संस्थापन र इतर पक्ष बीचको विवादले उग्ररुप लिएपछि प्रहरी परिचालन गरी साम्य पार्नुपर्ने अवस्था सिर्जना भएको हो ।

बुटवलको एक होटलमा सञ्चालित कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले मन्तव्य राखेर निस्किएपछि संस्थापन पक्षधर नेपाल विद्यार्थी संघ (नेविसंघ) रुपन्देहीका सभापति सन्दीप पौडेल लगायतका विद्यार्थी नेताहरुले आफूहरुलाई आसनग्रहण नगराएको भन्दै प्रश्न उठाएका थिए ।

संस्थापन समूहका विद्यार्थी नेताहरुले कार्यक्रमस्थलमा नाराबाजी गर्दै ब्यानर च्यातेको इतर पक्षका विद्यार्थी नेताहरुले बताएका छन् । कार्यक्रममा कुर्ची तोड्ने प्रयास समेत भएको उनीहरुले बताए । नेपाली कांग्रेसका केन्द्रिय सहमहामन्त्री जीवन परियार प्रमुख अतिथि रहेको कार्यक्रममा आमन्त्रण नै नगराएका व्यक्तिहरुले आसनग्रहण नगराएको भन्दै कार्यक्रम बिथोलेर अराजकता निम्त्याएको इतर पक्षको आरोप छ ।

कार्यक्रम बिथोलिएपछि कांग्रेस नेता परियार र खाँणवीच फोनमा भनाभन भएको थियो । परियारले खाँणलाई फोन गर्दै पार्टीमा अराजकता ननिम्त्याउन आग्रह गरेका थिए । स्थिती तनावग्रस्त भएपछि प्रहरी परिचालन गरेर कार्यक्रम सुचार गरिएको थियो ।

प्रकाशित : १६ असार २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६